image
image

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने राष्ट्र संघको प्रक्षेपण !

काठमाडौँ - संयुक्त राष्ट्र संघले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको वृद्धिदर माइनस ०.१ प्रतिशतमा सीमित हुने यूएनको प्रक्षेपण छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ।

नेपाल सरकारले भने चालू आर्थिक वर्ष (२०७७-७८) मा ७ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरेको छ भने विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चालू वर्षमा ०.६ प्रतिशत र आगामी वर्ष २.५ प्रतिशत प्रक्षेपण गरेको बेला संयुक्त राष्ट्र संघको यो प्रतिवेदन आएको हो ।

सोमबार सार्वजनिक संघको वल्र्ड इकोनोमिक सिचुएसन प्रोस्पेक्ट्समा सन् २०२१ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर
ऋणात्मक हुने देखाएको छ ।

प्रतिवेदनअनुसार सन् २०२० मा माइनस ०.५ प्रतिशत हुने आर्थिक वृद्धिदर २०२२ मा बढेर ८ प्रतिशत पुग्नेछ । सन् २०२० मा दक्षिण एसियाभित्रका मुलुकमध्ये आर्थिक वृद्धिदर तुलनात्मक रूपमा राम्रोतर्फ तेस्रो स्थानमा रहे पनि सन् २०२१ मा भने सबैभन्दा कमजोर हुने प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार दक्षिण एसिका अन्य देशहरु धनात्मक भए पनि नेपाल भने ऋणात्मकमा जाने उल्लेख छ । प्रतिवेदनमा सन् २०२० मा ५ प्रतिशत मुद्रास्फीति प्रक्षेपण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।