भारतसँग खुल्ला सिमानाका कारण नेपालमा फैलियो सन्त्रास, सिमामा कडाई
काठमाडौँ। भारतमा कोरोना संक्रमणको दास्रो लहर देखिएपछि नेपालमा त्रास बढ्दै गएको छ । पटिल्ले एक सातायता भारतमा दैनिक दुई लाख भन्दा बढि संक्रमित देखिन थालेपछि नेपालमा त्रास बढेको हो । भारतका केही स्थानमा कोरोनाले महामारीको रुप लिएपछि लकडाउनसमेत गरिएको छ । स्वास्थ्य सतर्कता समेत बढाइएको छ ।
भारतमा कोरोना बढ्दै गएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्कन थालेका छन् । देशका विभिन्न नाकाबाट दैनिक आठदेखि दश हजारको हाराहारीमा स्वदेश भित्रिन थालेका छन् । सुरक्षा र स्वास्थ्य अधिकारीहरुले भारतबाट स्वदेश आएकाहरुबाट कोरोनाको उच्च जोखिम रहेको बताउँदै आएका छन् ।
भारतसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सीमा क्षेत्रमा कडाई गरिएको छ ।
भारतसँग खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ्न सक्नेभन्दै सीमा क्षेत्रमा कडाई गरिएको हो ।
भारतसँग सीमा जोडिएका नाकामा सुरक्षा र स्वास्थ्य सतर्कता बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
प्रदेश–२ का सीमा नाकाबाट स्वदेश फर्कनेको ‘ट्राभल हिस्ट्री’ हेर्नेदेखि ज्वरो जाँच र पीसीआर रिपोर्टको समेत जाँच गर्न थालिएको डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार ज्वरो आएको पाइए क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ भने स्वदेश आउनेहरुको सम्पूर्ण विवरण संकलन गर्न थालिएको छ ।
मुख्य नाकाबाहेक अन्य क्षेत्रबाट प्रवेश गर्न सक्ने सम्भावित स्थानमा समेत सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा भारतबाट स्वदेश फर्कनेको उच्च निगरानी राख्न थालिएको छ । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार स्वदेश फर्कनेको स्वास्थ्य जाँच अनिवार्य गरिएको छ । शंकास्पदलाई अस्पताल लैजाने व्यवस्थासमेत मिलाइएको छ ।
प्रमुख सीमा नाकामा हेल्थ डेस्क राखिएको छ । पहिले बनाएका आइसोलेसनलाई क्वारेन्टिन बनाइएको छ ।
पछिल्लो समय भारतमा कोरोनाको संक्रमण तीब्र बनेसँगै अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटर, अक्सिजनलगायतको अभाव देखिएको छ । भारतको दिल्ली, गुजरात, मध्यप्रदेश, महाराष्ट, कर्नाटक, उत्तरप्रदेश, पन्जाबलगायतका राज्यमा संक्रमणको दर उच्च देखिएको छ ।