image
image
जीवन बीमा कम्पनीहरुको दुई अर्ब ८६ करोड बक्यौता बीमा दावी भुक्तानी, कुनको कति ?

जीवन बीमा कम्पनीहरुको दुई अर्ब ८६ करोड बक्यौता बीमा दावी भुक्तानी, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुको कूल बक्यौता बीमा दावी भुक्तानी दुई अर्ब ८६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बीमा कम्पनीहरुले जेठ महिनासम्मको तथ्याङ्क अनुसार कूल ३९ हजार २९८ वटा बीमा पोलिसी बापत सो रकम भुक्तानी गर्न बक्यौता रहेको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै बक्यौता दावी भुक्तानी राष्ट्रिय जीवन बीमा कम्पनीमा रहेको छ । सरकारी राष्ट्रिय जीवन बीमा कम्पनीले ७६ करोड ३९ लाख रुपैयाँ दावी भुक्तानी बक्यौता रहेको छ । दोस्रो नम्वरमा नेशनल लाइफको बक्यौता रहेको छ । सो कम्पनीको ६७ करोड रुपैयाँ बक्यौता रहेकोछ ।

त्यस्तै, नेपाल लाइफको ५३ करोड बक्यौता रहँदा मेट लाइफको ३५ करोड रुपैयाँ रहेको छ । एलआईसी नेपालको १९ करोड, सुर्यज्योति लाइफको ९ करोड ६६ लाख रुपैयाँ बक्यौता रहेको छ । रिलायबल नेपाल लाइफको पाँच करोड ६९ रुपैयाँ बक्यौता रहेको छ ।

सन नेपाल लाइफको पाँच करोड २३ लाख, आइएमई लाइफ चार करोड १६ लाख, सिटिजन लाइफ एक करोड ७४ लाख, हिमालयन लाइफ एक करोड दुई लाख, प्रभु महालक्ष्मी लाइफको ६७ लाख रुपैयाँ र एशियन लाइफको ५६ लाख रुपैयाँ बक्यौता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।