image
image
देशमा आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउने तयारी छ : गर्भनर अधिकारी

देशमा आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउने तयारी छ : गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको समग्र आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् । बिहीबार इकोनमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको आगामी मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा उनले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल गर्ने र वित्तिय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका हुन् । 

उनले भने,‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै गर्दा देशको समग्र आर्थिक स्थायित्व कसरी बढाउन सकिन्छ भन्ने नै हो । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ, वित्तिय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ,सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ भनेर नै तयारी गरिरहेको छौं । जसले गर्दा बैंकिङ् सिस्टमहरु आकर्षक बनाउन सकुन भन्ने हो ।’ उनले बिदेशी मुद्रा कुनैपनि चाहिएको बेला अप्ठ्यारो नपरोस् भनेर बाह्य क्षेत्रलाई कसरी सवल बनाउने भन्नेतर्फ पनि ध्यान दिएको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।