image
image

सिभिल बैंकका सीईओले दिए राजीनामा

काठमाडौँ। सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सीईओ पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन केही महिना बाँकी छँदै गुरुङले पदबाट राजीनामा दिएका हुन् । सीईओ गुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृति समेत गरेको छ ।

बैंक श्रोतले दिएको जानकारी अनुसार १७ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ । गुरुङले सीईओबाट राजीनामा दिए पछि कार्यबाहक सीईओको जिम्मेवारी सुनिलकुमार पोखरेलले पाउने भएका छन् ।

पोखरेल अहिले बैंकको नायम प्रमुख कार्यकारी अधिकृत रहेका छन् । केही समय कार्यबाहकको भूमिका दिने र त्यसपछि पोखरेललाई नै सीईओको नियुक्ति दिने बैंक सञ्चालक समितिको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।