image
image

मलेसियाविरूद्ध नेपाल, मलेसिया १६.५ ओभरमा १०९ रन बनाउँदै अलआउट

काठमाडौँ। राजधानीमा जारी त्रिकोणात्मक टी(२० सिरिजत अन्तर्गत मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा १०९ रन बनाउँदै अलआउट भयो।

मलेसियाका लागि ओपनर सायेद अजिजले सबैभन्दा बढी २७ रनको योगदान गरे। शफिक शारिफले १५ रन जोडे भने शर्भिन मुनिन्डेले २० रन बटुले।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ३ ओभरमा १७ रन दिए। सन्दीप लामिछानेले २ विकेट हात पारे।

सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सहाब अलाम र कुशल मल्लले १(१ विकेट लिए।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदल्यान्ङ्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।