image
image
एक वर्षमा क्यूआरबाट हुने भुक्तानी ९१.९१ प्रतिशत बढ्यो

एक वर्षमा क्यूआरबाट हुने भुक्तानी ९१.९१ प्रतिशत बढ्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा क्यूआरबाट हुने भुक्तानी ९१.९१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष जेठसम्म क्यूआरबाट २८ अर्ब ७ करोड ६० लाख रुपैयाँ भुक्तानी भएकोमा चालु आर्थिक वर्षको जेठसम्म ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ भएको छ।

यसैगरी, वालेटबाट हुने कारोबारमा पनि ४५.७१ प्रतिशतले वृद्धि आएको छ। गत आर्थिक वर्षको जेठसम्म वालेटबाट २० अर्ब १४ करोड ५० लाख रुपैयाँको कारोबार भएको चालु आर्थिक वर्षको जेठसम्म २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ। पीएसओबाट हुने कारोबार पनि चालु आर्थिक वर्षको जेठसम्म बढेर ५ अर्ब ६३ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष जेठसम्म पीएसओबाट ५ अर्ब ५० लाख रुपैयाँबराबरको कारोबार भएको थियो।

यस अवधिमा अन्य भुक्तानी साधनहरू वालेटहरूबाट भने जम्मा २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। यो २ करोड ३० लाख ३८ हजार २४० वालेट सेवा प्रयोगकर्ताहरूबाट भएको भुक्तानी कारोबार हो ।

राष्ट्र बैंककाअनुसार सबैभन्दा बढी कनेक्ट आईपीएसमार्फत समीक्षा अवधिमा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ। यसैगरी ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) मार्फत ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँ, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत ३ खर्ब ४६ अर्ब १५ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन्।

यस्तै, एटीएम कार्डमार्फत ९१ अर्ब ९० लाख रुपैयाँ भुक्तानी कारोबार भएकोमा डेबिटकार्ड र क्रेडिटकार्ड मार्फत क्रमशः ९४ अर्ब ७८ करोड ३० लाख रुपैयाँ र २ अर्ब ३ करोड ५० लाख रुपैयाँ कारोबार भएका छन्। यसैगरी, इन्टरनेट बैंकिङ्ग सेवामार्फत १६ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको केन्द्रीय बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।