ऋणपत्र निष्काशन गर्दै ग्लोबल आइएमई बैंक, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनतथाबिक्रीप्रबन्ध गर्न लक्ष्मीसन्राइजक्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।
बैंकले “८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१-९२” जारी गर्न लागेको हो । बैंकको प्रतिकित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशततीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १०वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८% दरले ब्याजभुक्तानीअर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमाहुनेछ ।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृतरत्न राजबज्राचार्य र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको बिज्ञप्तीमा जनाइएको छ ।









