image
image
रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी सार्वजनिक

रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी सार्वजनिक


काठमाडौं । सर्वाधिक विश्वसनीय मोबाईल ब्राण्ड, रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२एक्स५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक अनुभवको प्रत्याभूति दिनेछ । एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टमको साथ जेन जि प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।

उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो “रियलमी नार्जो७० प्रो ५जी र रियलमी १२एक्सजी नेपाली बजारमा ल्याउन पाउँदा निकै हर्षित छौं । रियलमीका यी फोनहरूले सुपथ मूल्यमै ग्राहकहरूको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिन्छ । हामी विश्वस्त छौं कि यी स्मार्टफोनहरूले नेपालको उद्योगमा नयाँ आयाम ल्याउनेछ ।”

रियलमी नार्जो७० प्रो ५जीको उत्कृष्ट क्यामेराः
रियलमी नार्जो ७० प्रो ५जीको आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेराले यो फोनलाई अरु फोन भन्दा फरक बनाउछ र उत्कृष्ट फोटोग्राफी क्षमता प्रदान गर्दछ । यी बाहेक मास्टरसट एल्गोरिदमले टेलिफोटो क्षमताहरू बढाउँछ, प्रयोगकर्ताहरूलाई प्राकृतिक बाहेक इफेक्टको साथ उत्कृष्ट पोट्रेटहरू खिच्न सक्षम बनाउँछ, वस्तुलाई सार्प राख्दै पृष्ठभूमिलाई सुन्दर रूपमा धमिलो पार्छ ।

सर्वोत्कृष्ट दृष्यः
यो फोनमा १२० हर्जको अल्ट्रा स्मूथ एमोल्ड डिस्प्लेको साथमा २००० निटस् लोकल पिक ब्राइटनेसले जिवन्त दृश्य प्रदान गर्दछ । डिस्प्लेको उच्च रिफ्रेस दरले प्रत्येक अन्र्तक्रियालाई रमाइलो बनाउँदै अल्ट्रा–स्मूद स्क्रोलिङ र प्रतिक्रिया प्रदान गर्दछ ।

पावर प्याक्ड प्रदर्शनः
डाइमेन्सीटी ७०५० ५जी चिपसेटद्वारा संचालित रियलमी नार्जो ७० प्रो ५जी ले उत्कृष्ट प्रफर्मेन्स दिन्छ । यो चिपसेटले आधुनिक स्मार्टफोन प्रयोगकर्ताहरूको माग पूरा गर्दै सहज मल्टिटास्किङ, गेमिङ र समग्र प्रणालीको कार्यसम्पादन सुनिश्चित गर्छ ।

शक्तिशाली ब्याट्रीः
५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथमा रियलमी नार्जो ७० प्रो ५जी ले लामो समयसम्म चल्ने र द्रुत रिचार्जिङको ग्यारेन्टी दिन्छ । यसले थोरै समय चार्ज गरेर धेरै समयसम्म डिजिटल संसारसँग जोडिन मद्दत गर्दछ ।
आकर्षक डिजाईनः
ग्लास ग्रिन तथा ग्लास गोल्डमा उपलब्ध होराईजन ग्लास डिजाईनले रियलमी नार्जो ७० प्रो ५जी लाई अझ बढि आकर्षक बनाउछ । मनमोहक डिजाइन, टचलेस कन्ट्रोल र एयर जेस्चर जस्ता उन्नत सुविधाहरू यस स्मार्टफोनमा उपलब्ध छ ।

रियलमी १२एक्स५ जी, एक उत्कृष्ट ५जी स्मार्टफोनः
सर्वोत्कृष्ट फोटोग्राफीः
रियलमी १२एक्स५जीमा भएको ५० एमपीको कलर एआई क्यामेराले सिनेमेटिक पोट्रेट फोटोग्राफी खिच्न सहज बनाउछ र प्रयोगकर्ताहरुले सजिलैसँग उत्कृष्ट तस्विरहरू खिच्न सक्छन् । यो फोनको पछाडि लागेको २ एमपीको क्यामेराले एकदमै राम्रो र सफा फोटोहरु खिच्छ ।
सेल्फीका लागि, यो फोनले फोटो, भिडियो, पानो, पोट्रेट, नाइट, र टाइम–लेप्स जस्ता विभिन्न फोटोग्राफी प्रकार्यहरू सहितको ८ एमपी इन–डिस्प्ले सेल्फी क्यामेरा प्रदान गर्दछ ।

उत्कृष्ट डिस्प्ले तथा सहज स्क्रोलिङ्गः
रियलमी १२एक्स५जीमा ६.७२ ईन्चको १२० हर्ज एफएचडी+ डिस्प्ले छ जसले ९५० निटस् सम्मको ब्राईटनेस प्रदान गर्दछ । यसको चुस्त रिफ्रेस रेटले प्रयोगकर्ताहरुलाई सहज स्क्रोलिङ्गको सुविधा दिन्छ ।
टिकाउ ब्याट्रीः
यो फोनमा भएको ५००० एमएएचको ब्याट्रीले ४५ वाटको सुपरभोक चार्जिङ्ग प्रणालीमा काम गर्छ जसले गर्दा थोरै समय चार्ज गर्दा पनि लामो समयसम्म चार्ज टिक्छ । यो फोनको खरिदमा एउटा ४५ वाटको चार्जिङ्ग एडप्टर र टाईप सी यूयसबी पोर्ट पाउन सकिन्छ ।

चलेको डिजाईनः
७.६९ मिलिमिटरको मोटाई र करिब १८८ ग्रामको तौल भएको रियलमी १२चुस्त ५जी पातलो र एकदमै रुचाईएको डिजाइनमा उपलब्ध छ । यो फोन ट्वाईलाईट पर्पल र वूडल्याण्ड गरी दुई रङ्गहरुमा उपलब्ध छन् । यसका साथै हरेक फोनको खरिदमा ग्राहकहरुले आवश्यक सामानहरु प्राप्त गर्न सक्नेछन् । जस्तै यूएसबी टाईप सी केबल, सिमकार्ड निडल, स्क्रिन प्रोटेक्टर फिल्म, र सुरक्षाको लागि प्रोटेक्टीभ केस ।
उत्कृष्ट प्रदर्शनः
मेडियाक डाईमेन्सीटी ६१००+ ५जी चिपसेटद्वारा संचालित रियलमी १२एक्स५जीमा अत्याधुनिक ६एनएम टीएसएमसी प्रोसेसर प्रयोग गरिएको हुन्छ । यो चिपसेट र ओक्टा–कोरा सीपीयूको मिश्रणले यो फोनलाई बहुकार्यशाली बनाउछ ।

मूल्य र उपलब्धताः
रियलमी नार्जो ७० प्रो ५जीको बजार मूल्य रु ३३,९९९ रहेको छ भने रियलमी १२एक्स५जीको मूल्य रु २४,९९९ रहेको छ । यी दुबै फोनहरु नेपालका सम्पूर्ण आधिकारिक रियलमी बिक्रेताहरुमार्फत उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।