image
image
साउन ८ र ९ गते ‘ग्लोबल एजुकेसन फेयर’ गर्दै ग्लोबल टच नेपाल

साउन ८ र ९ गते ‘ग्लोबल एजुकेसन फेयर’ गर्दै ग्लोबल टच नेपाल


काठमाडौं । ग्लोबल टच नेपालले राजधानीको शंखमुलमा ‘ग्लोबल एजुकेसन फेयर २०२४’ को आयोजना गर्ने भएको छ । साउन ८ र ९ गते बानेश्वरस्थित आफ्नै कार्यालयमा ग्लोबल टचले ‘ग्लोबल एजुकेसन फेयर २०२४’ गर्न लागेको हो ।

दुई दिनसम्म चल्ने उक्त एजुकेसन फेयरमा विद्यार्थीहरूले अमेरिका, अस्ट्रेलिया, युके लगायत विभिन्न देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर आफ्ना जिज्ञासाहरू मेटाउन सक्नेछन् ।

युनिभर्सिटीका प्रतिनिधिबाटै विश्वविद्यालयका बारेमा सत्य तथ्य जानकारी पाउने ग्लोबल टच नेपालका प्रमुख कार्यकारी अधिकृत सीईओ निशान्त श्रेष्ठले जानकारी दिए । यस्ता एजुकेसन फेयरले विद्यार्थीहरूको हौसला बढाउने उनको भनाइ छ ।

ग्लोबल टचले उक्त फेयरमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको समेत व्यवस्था गरेको छ । श्रेष्ठका अनुसार फेयरमा सहभागी हुने विद्यार्थीहरूका लागि प्रत्यक्ष परामर्श, छात्रवृत्तिको अवसर, आकर्षक उपहारहरू, निशूल्क तयारी कक्षा र एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर राखिएको छ । साथै फ्री मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरूको पनि व्यवस्था रहेको उनले जानकारी दिए ।

सो फेयरमा विद्यार्थीहरूले आएल्स, पिटिई, टोफेलमा ५० प्रतिशत छुट पाउने छन् । उक्त एजुकेसन फेयर यही जुलाई २३ र २४ तारिक बिहानीको १० बजेदेखि बेलुकी ५ हुने उनले बताए ।

दुई दिनसम्म चल्ने फेयरमा करिब १ हजार विद्यार्थीलाई सहभागी गराई प्रत्यक्षरुपमा परामर्श दिने विश्वास रहेको उनले बताए ।काठमाडौँ नयाँ बानेश्वरस्थित शंखमूलमार्गबाट सेवा दिइरहेको ग्लोबल टच नेपालको मुख्य कार्यालय भने अष्ट्रेलियाको मेलबर्नमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।