image
image
ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त


काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।बैंकको साउन १० गते बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले १ भदौदेखि लागू हुनेगरी रग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तसम्म रहेको छ। निवर्तमान प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

रेग्मी हाल बैंकको सिनियर डेपुटी सीइओ छन् । उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा आवद्ध भएका थिए ।उनीसँग बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा धेरैको अनुभव छ । उनी हाल बैंकको सूचना अधिकारीको जिम्मेवारीमा पनि छन् । उनी बैंकको लगानी रहेको फर्स्ट माइक्रोफाइनान्सको संचालक समितिको अध्यक्ष पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।