image
image

आजको फलफूल तथा तरकारीको बजार भाउ, महँगियो कागती


काठमाडौं । काठमाडौँमा कागतीको भाउ सबैभन्दा बढी महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार यसअघि प्रतिकेजी १४० रुपैयाँ रहेको कागतीको भाउ बढेर आज २५२ रुपैयाँ पुगेको हो । 

त्यस्तै, लौका सामान्य बढेर प्रतिकेजी ४६ रुपैयाँ, लोकल परवर ६६ रुपैयाँ, परवर ६६ रुपैयाँ ६७ पैसा, चिचिण्डो २५ रुपैयाँ ९३ पैसा, पाकेको फर्सी ६८ रुपैयाँ ३३ पैसा, डल्लो फर्सी १०० रुपैयाँ, पुदीना र पार्सले ६५ रुपैयाँ पुगेको छ । 

यसैगरी, रुख कटहरको भाउ पनि बढेर प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा कायम भएको छ भने लोकल नासपाती ९६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २५५ रुपैयाँ, मेवा ९६ रुपैयाँ ६७ पैसा, किवि ५७५ रुपैयाँ र आभोकाडो ६२५ रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।