image
image
वर्ल्डलिंकले सार्वजनिक गर्यो दुईमा चार अफर

वर्ल्डलिंकले सार्वजनिक गर्यो दुईमा चार अफर


काठमाडौं ।  एकै  पटक दुई वर्षको पैसा तिर्दावर्ल्ड लिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफर सहित मूल्यसमेत सस्तो पर्ने दुईमा चार अफर सार्वजनिक गरेको हो ।

वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकियाडु अलब्यान्ड राउटर, दुई ओटा नोकियाबिकन १.१ रनेट टिभी एन्ड्रोइड सेट-टपबक्स समेत सित्तैमा पाउने छन । जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याटबाहेक) तिरेपुग्ने छ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्ने छ ।

यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ ।

यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिना मध्ये आफ्नो अनुकूलतामा लिनसकिने विकल्प यथावतनै छन । जस अनुसार २०० एमबीपीएस कोइन्टरनेटको मूल्य तीन महिनाका लागि ३,३००रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्न आउँछ ।

त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३,६०० रुपैयाँ, छमहिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ । यस बाहेक ३०० एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क हुन आउँछ ।

यो अफर लिनका लागि वर्ल्डलिंकको हटलाइन ९८०१५२३०५२, वेबसाईट www.worldlink.np र Facebook मार्फत सम्पर्क गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।