image
image
प्रभु बैंक ३ सय १० औँ नयाँ शाखा  धनकुटामा स्थापना

प्रभु बैंक ३ सय १० औँ नयाँ शाखा  धनकुटामा स्थापना


काठमाडौं ।  प्रभु बैंक लिमिटेडले धनकुटामा ३ सय १० औँ शाखा स्थापना गरेको छ। धनकुटा नगरपालिका वडा नं। ७ हुलाक टोल चुवाको बोट छेउमा शाखा स्थापना गरेको हो।

आइतबारदेखि नै शाखा सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ। देशभर बैंकिङ पहुँच विस्तारका लागि शाखा विस्तारलाई तीव्रता दिइएको र यही अभियानमा धनकुटा शाखा सञ्चालन भएको बैंकले जानकारी दिएको छ।

धनकुटा शाखाको उद्धाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्रभु बैंकका प्रदेश कार्यालय प्रमुख बद्रि कटुवालले संयुक्त रुपमा उद्धाटन गरे। कार्यक्रममा बोल्दै धनकुटा नगर प्रमुख तामाङले धनकुटामा शाखा विस्तारले आर्थिक गतिविधि चलाएमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यस्तै, बैंकले आइतबार नै तेह्रथुमको म्याङ्लुङमा पनि शाखा उद्धाटन गरेको बैंकले जनाएको छ। धनकुटा र तेह्रथुम सहित प्रभु बैंकको कोशी प्रदेशमा ३८ वटा शाखा रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।