image
image

आजको तरकारी तथा फलफूलको बजार मुल्य, महँगियो करेला र कटहर र काँक्रो

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले आज सोमबारको मूल्यसूची प्रकाशित गरेको छ । उक्त सूची अनुसार आज भिण्डी, करेला, काँक्रोदेखि रुख कटहरसम्मको मूल्य आकाशिएको छ । 

यसअघि प्रतिकेजी ५५ रुपैयाँ तोकिएको तितो करेलाको भाउ बढेर आज १४० रुपैयाँ पुगेको छ भने लौका र हाइब्रीड काँक्रो ३५ रुपैयाँबाट बढेर ६५ रुपैयाँ, परवर ५५ रुपैयाँबाट बढेर २५६ रुपैयाँ ६७ पैसा, घिरौला ५० रुपैयाँबाट बढेर ७६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ६५ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ । 

यता, आलु, प्याज, बन्दा र काउलीको भाउ भने सामान्य घटेको छ । यसअघि प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा तोकिएको रातो आलुलाई आज ३१ रुपैयाँ, रातो भारतीय आलुलाई ५५ रुपैयाँबाट २९ रुपैयाँ, सुकेको प्याज ८२ रुपैयाँ ३३ पैसाबाट ७२ रुपैयाँ ५० पैसा, लोकल गाजर ११० रुपैयाँबाट ३८ रुपैयाँ ३३ पैसा, लाकेल बन्दा ४० रुपैयाँबाट ३५ रुपैयाँ, स्थानीय काउली ७५ रुपैयाँबाट घटेर ४५ रुपैयाँमा र ज्यापु काउली ८५ रुपैयाँबाट घटेर ५५ रुपैयाँ कायम भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।