image
image
विन्डोज ११ मा भएका फाइल स्मार्टफोनबाट नै चलाउन सकिने

विन्डोज ११ मा भएका फाइल स्मार्टफोनबाट नै चलाउन सकिने

काठमाडौं । विन्डोज ११ मा भएका फाइल स्मार्टफोनबाट नै चलाउन सकिने भएको छ । केही समयदेखि चर्चामा रहेको यो फिचर माइक्रोसफ्टले हालै केही सीमित प्रयोगकर्ता माझ सार्वजनिक गरेको हो ।

विन्डोजले आफ्नो ब्लग मार्फत अहिले यो फिचर विन्डोज इन्साइडर प्रोग्राममा रोल आउट हुन सुरु भएको जनाएको छ । विशेष गरी विन्डोज कम्प्युटरमा आउने फिचरहरू पहिल्यै चलाउन विन्डोज इन्साइडर प्रोग्राम बनाइएको हो ।

यसमा निस्शुल्क दर्ता भएर परीक्षणमा रहेका र भविष्यमा आउन सक्ने फिचरहरू चलाउन सकिन्छ । यसअघि विन्डोज कम्प्युटरमा भएका फाइलहरूमा पहुँच पाउन यूएसबी केबुलको सहयोग लिनु पर्ने हुन्थ्यो । अब भने विन्डोज ११ का फाइल एक्सप्लोररमा मोबाइलबाटै पहुँच बनाउन सकिने भएको हो ।

यसको अर्थ प्रयोगकर्ताहरूले मोबाइलबाटै कम्प्युटरमा भएका फाइलहरू सम्पादन गर्न, डिलिट गर्न, नाम पुनर्लेखन गर्न अथवा नयाँ थप्न सक्ने छन् । यद्यपि अहिलेलाई यो फिचर प्रयोग गर्न स्मार्टफोन एन्ड्रोइड ११ अथवा सोभन्दा माथि हुनु पर्छ । त्यस्तै फोनमा लिङ्क टु विन्डोज इन्स्टल गर्नुका साथै तपाईं तपाईं विन्डोज इन्साइर प्रोग्राममा दर्ता समेत भएको हुनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।