image
image
गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै सहकारी छानबिन संसदीय समिति

गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै सहकारी छानबिन संसदीय समिति

काठमाडौं ।  सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक अहिले जारी रहेको छ ।

जेठ १५ गते प्रतिनिधि सभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएका हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ ।तीन महिनाको कार्यादेश पाएको समितिको दुई महिनाको समय बितेको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम गठन भएको समितिमा एमाले सांसद सुर्यबहादुर थापा सभापति रहेका छन् भने कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेसदस्यमा सरिता भुसाल माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।