image
image

प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा

बाग्लुङ् ७ वैशाख । प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक कम हुँदा बाग्लुङ्का युवाले काम प्रतिको चाख कम देखाउदै गएका छन्  । नेपाल सरकारले बेरोजगार युवाका लागि कम्तीमा १०० दिन काम दिने नीतिका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको उक्त कार्यक्रम कतै प्रभावकारी बनेको छ भने कतै बेरोजगारको चित्त दुखाउने बाटो बनेको छ ।

कतिपयले गाउँमा चलेको पारिश्रमिकको दर नपाएको भन्दै गुनासो समेत गरेका छन्। गत वर्ष सोही कार्यक्रमले दिएको दैनिक ज्याला दरसमेत यस वर्ष घटाएको भन्दै केहिले रोजगार कार्यक्रममा सहभागी नभएका छन् । दिनभर काम गर्दा पाउने ५१७ रुपैयाँले परिवारको एकदिनकै खर्च चलाउन कठिन हुने बताउदै काम गरेपछि भुक्तानीको प्रक्रियासमेत झण्झटिलो र खर्चिलो भएको भन्दै युवाले काम गर्न नमानेको स्थानीय अगुवा किसान ज्ञानु श्रीषले बताए ।

त्यस्तै बाग्लुङ्मा वडाले पहिलो चरणमा काम गर्नका लागि ३० जनाको नाम प्राथमिकताका आधारमा गाउँपालिकालाई सिफारिस गरेको थियो । पहिलो १०० दिनका लागि काम गर्ने युवासमेत तयार नभएपछि प्रक्रियामा जान नसकेको कँडेलले बताए । सूचीकृत हुनका लागि उत्साहित भएर वडा कार्यालय पुगेका युवा काम पाउने बेला वडाको नजिकै नपरेको वडा कार्यालयको अनुभव छ । रासस   
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।