महँगीदै भान्सा: चामल चिनीको मूल्यमा पनि वृद्धि
काठमाडौँ माघ १४ । केहि समय अगाडीदेखि तेलको मूल्यमा वृद्धि भय सँगै महँगो हुन थालेको भान्सा अझै महँगो हुँदै गैरहेको छ । अब तेलको मात्रै नभई चिनी र चामलको पनि मूल्य बढेको पाइन्छ।
सरकारी चिनी गोदाम रित्तिन थालेपछि उद्योगीहरूले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक औसतमा ३० हजार टन चिनी चाहिन्छ । साल्ट ट्रेडिङ कर्पोरेसन्ससँग करिब १ हजार टन मात्रै मौज्दात भएपछि होलसेललाई बिक्री बन्द गरिएको छ ।
सरकारी मौज्दात घट्दै गएकोबारे जानकार चिनी उद्योगीहरूले मूल्य बढाएका हुन् । उनीहरूले फ्याक्ट्री गेट मूल्य २ रुपैयाँ बढाएका छन् । ‘पाँच दिनअघि प्रतिकिलो ७८ रुपैयाँ (भ्याटसहित) मा खरिद गरिरहेका थियौं, अहिले प्रतिकिलो ८० रुपैयाँ परेको छ।
यस अघी विभागले कारबाहीको दायरामा ल्याएको दाबी गरे पनि बजार सुधार हुन सकेको छैन । केही महिनाअघि खानेतेल, निर्माण सामग्रीको भाउ बढाएका व्यवसायीहरूले चामलको मूल्य पनि बढाएका छन् । उनीहरूले बोरामै १ सयदेखि २ सय रुपैयाँसम्म बढाएका छन् । डेढ सातायता केराउमा पनि १० रुपैयाँ बढेको खुद्रा व्यापार संघले जनाएको छ ।









