image
image
प्रभु बैंकको चौथो त्रैमासिक वित्तीय विवरणः आम्दानीसँगै बढ्यो नाफा

प्रभु बैंकको चौथो त्रैमासिक वित्तीय विवरणः आम्दानीसँगै बढ्यो नाफा


काठमाडौं। प्रभु बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो पटक यस्तो नाफा २८ करोड मात्रै थियो ।सार्वजनिक विवरणअनुसार बैंकको  लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) ह्वात्तै घटेको छ । त्यसैले नाफामा उच्च वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले कुल ५५ करोड ६८ लाख रुपैयाँ लोन लस प्रोभिजन गरेको छ । अघिल्लो पटक यस्तो रकम ५ अर्ब २१ करोड थियो ।

खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा १९ प्रतिशतले बढेको छ । आम्दानी बढ्दा पनि नाफामा टेवा पुगेको देखिन्छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ २० पैसा छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी भने १९ रुपैयाँ ३ पैसा छ ।

बैंकले अझै पनि ठूलो मात्रामा कर्जा असुली गर्न नसकेको देखिन्छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.७८ प्रतिशत छ । अघिल्लो पटक यस्तो कर्जा ४.९८ प्रतिशत थियो । २३ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा (रिजर्भ) ११ अर्ब ६६ करोड छ । बैंकको कर्जा प्रवाह एक वर्षको अवधिमा ३.८ प्रतिशत घटेको छ तर निक्षेप संकलन भने ५.५ प्रतिशत बढेको छ । बैंकको आधार दर ८.२० प्रतिशत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।