image
image
एशियाको शेयर बजारमा गिरावट

एशियाको शेयर बजारमा गिरावट


काठमाडौं । गत साता विश्वभरका शेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ ।भारतीय बजारमा पनि गिरावट देखिएको छ । निफ्टी हाल करिब ७०० कले घटेको छ भने सेन्सेक्सले लगभग २२०० अंकको गिरावट देखेको छ ।

त्यस्तै जापानको निक्की २२५ अंकले घटेको छ भने टपिक्स ८ प्रतिशतले गतेको छ । त्यसैगरी ताइवानको मुख्य स्टक सूचकांक ७.७ प्रतिशतले घटेको छ ।दक्षिण कोरियाको कोस्पी सूचकांक ६.६ प्रतिशतले घटेको छ । सामसुङलगायत चिप बनाउने कम्पनीको कारोबारमा कमी आएको छ ।

तर, हङकङको ह्याङ सेङमा ०.२ प्रतिशत मात्रै गिरावट आएको छ । यसैबीच, सांघाई स्टक एक्सचेन्ज अलिकति बढेको छ ।त्यस्तै क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ । बिटक्वाइनको मूल्य करिब ५३ हजार डलर रहेको छ । जुन फेब्रुअरी पछिको सबैभन्दा कम हो ।

शुक्रबार अमेरिकामा रोजगारीसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि न्यूयोर्कमा स्टकमा तीव्र गिरावट आएको छ ।इरान र इजरायलबीच युद्धको आशंकापछि अमेरिका र एशियाको शेयर बजारमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।