image
image
एक महिनामा जीवन बीमकको नयाँ व्यापार ६ अर्ब ७८ करोड माथि, कुनको कति ?

एक महिनामा जीवन बीमकको नयाँ व्यापार ६ अर्ब ७८ करोड माथि, कुनको कति ?


काठमाडौं ।  एक महिनामा जीवन बीमकले साढे ६ अर्ब बढी प्रथम बीमा शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरुले एक महिना अर्थात असार महिनामा मात्रै ६ अर्ब ७८ करोड १५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २६ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ८९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १३ दशलमव २० प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले एक महिनामा ५३ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ७ दशलमव ८९ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै, हिमालयन लाइफले ५३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा क्षेत्रको ७ दशलमव ८२ प्रतिशत हिस्सा हो । सूर्यज्योति लाइफले ५२ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ७ दशलमव ६९ प्रतिशत हिस्सा ओगटेको छ । एशियन लाइफले ४० करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव ९६ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी सिटिजन लाइफले ३५ करोड ९७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव ३० प्रतिशत हिस्सा ओगटेको छ । सानिमा रिलायन्स लाइफले ३५ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव २३ प्रतिशत हिस्सा ओगटेको छ । आइएमई लाइफले एक महिनामा २८ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव १९ प्रतिशत हिस्सा ओगटेको छ । प्रभु महालक्ष्मी लाइफले २६ करोड २१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशमलव ८९ प्रतिशत हिस्सा ओगटेको छ ।

यता, राष्ट्रिय जीवन बीमा कम्पनीले २५ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ७७ प्रतिशत हिस्सा ओगटेको छ । सन नेपाल लाइफले २४ करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ५६ प्रतिशत हिस्सा ओगटेको छ । रिलायबल नेपाल लाइफले २२ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव २८ प्रतिशत हिस्सा ओगटेको छ । मेट लाइफले १४ करोड ८६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव १७ प्रतिशत हिस्सा ओगटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।