नेपाल बैंकको वितरणयोग्य नाफा करीब ६८ करोड
काठमाडौँ माघ १४ । नेपाल बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार यस आर्थिक वर्षमा १ अर्बभन्दा बढी खुद नाफा गरेको छ, त्यसैगरी वितरणयोग्य नाफा करिब ६८ करोड भएको जानकारी दिएको छ ।
यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ६७ करोड ८२ लाख ५ हजार छ । सञ्चालन मुनाफा भने गत वर्षभन्दा करीब १८ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. १ अर्ब ७३ करोड ४६ लाख ४१ हजार सञ्चालन मुनाफा गरेको बैंकले यस वर्ष रू. २ अर्ब ४ करोड ६२ लाख २२ हजार गरेको हो ।
यस वर्ष १२ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको बैंकको चुक्तापूँजी बोनसपश्चात रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार पुर्याएको बैंकको जगेडा कोष रकम साढे १२ प्रतिशत बढेर रू. १५ अर्ब ५९ करोड ३४ लाख ७ हजार कायम भएको छ ।
निक्षेप संकलन गत वर्षभन्दा ५ दशमलव २७ प्रतिशत बढी रू. १ खर्ब ४८ अर्ब ९९ करोड ४८ लाख ६८ हजार भएको छ भने बैंकले गत वर्षभन्दा १ प्रतिशत बढी रू. १ खर्ब १६ अर्ब ६१ करोड ६ लाख ७० हजार कर्जा प्रवाह गरेको छ ।
गत वर्ष २ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ८८ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी रू.३१ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. २५३ दशमलव १८ रहेको उक्त विवरणमा सार्वजनिक गरेको छ ।