image
image
सहकारीबाट ठगिएका स्थापितको मृत्यु, शवसहित प्रदर्शन

सहकारीबाट ठगिएका स्थापितको मृत्यु, शवसहित प्रदर्शन


काठमाडौं । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्‌ । 

सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन्‌ । निःसन्तान स्थापित दम्पत्तिलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकबाट सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए । 

राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन्‌ । स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भए पनि जम्मा गरिदिन आग्रह गर्दासमेत सञ्‍चालक राईले नटेरेको बुझिएको छ । 

स्थापितको एक करोडबढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको सहकारी पीडितका आन्दोलनका अगुवा कुशलभ श्रेष्ठले बताए । उनले भने, ‘उहाँलाई आफ्नै ज्यानको उपचार गर्ने पैसा समेत उहाँ आवद्ध सहकारीले खाएका कारण आज मृत्यु भएको छ । सरकारले सोह्र महिनादेखि निरन्तर गरेको सम्झौता कार्यान्वयन आएको छैन । हामी आन्देलन गर्न थालेको आज ८० दिन हुँदा समेत कार्यान्वयनमा आएको छैन ।’स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरुले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग राख्दै रत्नपार्कमा प्रदर्शन गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।