झण्डै ३० अर्ब वाणिज्य बैंकहरुको आयकर, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुको आयकर झण्डै ३० अर्ब पुगेको छ । गत आवको वित्तीय विवरणका अनुसार वाणिज्य बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ आयकर तिर्ने भएका हुन् ।
बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । गत आवमा उनीहरुको कुल नाफा ९४ अर्ब १४ करोड १९ लाख रुपियाँ थियो । आयकर तिरेपछि बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।
वाणिज्य बैंकहरुले तिर्ने कर गत आवमा १६ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आव २०७९–८० मा वाणिज्य बैंकहरुले २५ अर्ब ९१ करोड २८ लाख ८१ हजार रुपैयाँ आयकर तिरेका थिए ।
कुन बैंकको आयकर कति ?
नविल बैंक – दुई अर्ब ७३ करोड ५२ लाख ४३ हजार
प्रभु बैंक – दुई अर्ब ५७ करोड ३६ लाख २६ हजार
ग्लोबल आईएमई बैंक – दुई अर्ब ५५ करोड १२ लाख ६४ हजार
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक – दुई अर्ब १४ करोड ४१ लाख ५९ हजार
एभरेस्ट बैंक – एक अर्ब ९० करोड चार लाख १७ हजार
राष्ट्रिय वाणिज्य बैंक – एक अर्ब ८९ करोड ९४ लाख ५८ हजार
प्राइम कर्मशियल बैंक – एक अर्ब ६५ करोड ३९ लाख १८ हजार
कृषि विकास बैंक – एक अर्ब ६४ करोड तीन लाख१५ हजार
कुमारी बैंक – एक अर्ब ६२ करोड पाँच लाख २९ हजार
स्ट्यान्डर्ड चार्टर्ड बैंक – एक अर्ब ४१ करोड ८१ लाख २३ हजार
सिद्धार्थ बैंक – एक अर्ब ३४ करोड ४५ लाख ७० हजार
लक्ष्मी सनराइज बैंक – एक अर्ब २३ करोड ५७ लाख ३३ हजार
नेपाल बैंक – एक अर्ब २३ करोड ४६ लाख ९५ हजार
हिमालयन बैंक – एक अर्ब २० करोड ८३ लाख २२ हजार
एनएमबी बैंक – एक अर्ब ६६ लाख २६ हजार
सनिमा बैंक – ९७ करोड २३ लाख ७६ हजार
नेपाल एसबीआई बैंक – ८६ करोड ५३ लाख २८ हजार
सिटिजन्स बैंक – ७४ करोड ४३ लाख ७७ हजार
माछापुच्छ्रे बैंक – ६९ करोड पाँच लाख १५ हजार
एनआईसी एशिया बैंक – ५४ करोड ९३ लाख नौ हजार









