सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ४५७ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । बैंकले प्रतिकित्ता रु १४५ मै सो शेयरको बिक्री खुलाएको हो । अहिलेलाई यो शेयर संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक शेयरधनीले आवश्यक कागजातिसहित आजका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ । आवेदन न्यूनतम १० हजार कित्ताका लागि दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीले सो शेयर नकिनेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंककले जनाएको छ ।









