image
image
वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर सार्वजनिक, कुनले बढाए, कुनले घटाए ?

वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर सार्वजनिक, कुनले बढाए, कुनले घटाए ?

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १२ वटाले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाउँदा ४ वटाले स्थिर राखेका छन् । बाँकी ४ वटाले भने ब्याज दर घटाएका हुन् ।

सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आइमएई बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकले साउनको तुलनामा ब्याजदर बढाएका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ ।

 कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन् । संस्थागत तर्फ यी बैंकहरुले अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।

भदौमा नबिल बैंक, नेपाल एसबिआई बैंक र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन् । एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन् ।

यस्तै, प्राइम बैंकको संस्थागततर्फ ८.५ प्रतिशत र ब्यक्तिगततर्फ १०.५ प्रतिशत, नबिल बैंकको संस्थागततर्फ ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४ प्रतिशत र प्रभु बैंक र एभरेष्ट बैंकलेले समान संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेका छन् । 

एनएमबि बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।यस्तै, सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । सो बैंकले व्यक्तिगततर्फ ८.९२ प्रतिशत र संस्थागततर्फ ६.९२ प्रतिशत ब्याजदर तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।