image
image
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?


काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्रीमा राखेको छ ।  कम्पनीले संस्थापक समूहको ५,३०,००० कित्ता सेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्रीमा राखेको हो ।

उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आज साउन ३२ गतेदेखि भदौ ११ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

सेयर प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप लगाएको आवेदन फाराम खरीद गरी लिनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बाँडफाँडमा समावेश गरिनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।