image
image

बढ्यो हरियो फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार गोलभेंडा, प्याज र घिरौंलाको मूल्य बढेको छ । 

हिजो ९५ रुपियाँमा बिक्री भएको गोलभेंडाको मूल्य आज ९६ रुपियाँ पुगेको छ । किलोमा ११ रुपियाँले बढेको हो । त्यस्तै आज सुकेको प्याज प्रतिकिलो १०३ रुपियाँ तोकिएको छ । हिजो भने ९२ रुपियाँ रहेको थियो ।  साथै, यसदिन घिरौंला २० रुपियाँ महँगो भएको छ । अघिल्लो दिन ३५ रुपियाँमा कारोबार भएको घिरौंला बढेर ५५ रुपियाँ पुगेको हो । 

कालिमाटीमा आज करेला ४६, परवर ७६, घिउसिमी  ८६, रायो साग ९६, डल्ले च्याउ ४००, कुरिलो ३५०, सेलरी २७५, पार्सले १२५०, हरियो धनिया ४०० रुपियाँ र ब्रोकाउली २५० रुपियाँमा किनबेच भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।