तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं माघ १४। नेपालमा आज कोरोना विरुद्धको खोपको सुभारम्भ गरिएको छ । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले लगाएका छन् । कोभिड–१९ विरुद्धको खोप अभियानको भर्चुअल शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले बोल्दै अबको तीन महिना भित्र सम्पूर्ण नेपालीले कोराना विरुद्धको खोप लगाउन पाउने कुरा बताउनु भयो ।
बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियानको भर्चुअल शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सुरुको चरणमा स्वास्थ्यकर्मीलाई प्रथामिकता दिईएको भएपनि सबैले खोप लगाउन पाउने प्रतिबद्धता गर्नु भयो । ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, कुनै भेदभावविना नै सबै नेपालीलाई निस्शुल्क रूपमा खोप लगाइन्छ’, प्रधानमन्त्रीले बताउनुभएको छ ।