घाँसी कुवाको पहिरो पन्छाउन शुरु, सडक सुचारु हुन समय लाग्ने
काठमाडौं । तनहुँको घाँसी कुवा नजिक बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन–पोखरा सडक अहिले पनि अवरुद्ध रहेको छ ।पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन पोखरा सडक पुर्णरुपमा अवरुद्ध रहेको हो ।
हिजो खसेको पहिरो पन्छाउने काम भने आज केहीबेर अघिदेखि पन्छाउने शुरु गरिएको प्रहरीले जनाएको छ । ठुलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन कति समय लाग्छ भन्ने यकिन नभएको बताइएको छ ।









