किन ‘गुराँस गार्डेन’ मै फुलेन गुराँस ?
काठमाडौँ ०९ वैशाख । माैसममा आएकाे परिवर्तनका कारण वसन्त ऋतुको आगमनसँगै रातै देखिने रोल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्रको गढीलेख तथा खम्वास गुराँस गार्डेनमा पनि गुराँस पुलना सकेको छैन ।
हरेक वर्ष गुराँस पुलेरा चर्चामा आउने रोल्पाको गढीलेख तथा खम्वास क्षेत्र यो वर्ष गुराँस नफुल्दा प्राकृतिक सुन्दरता नै नदेखिएको स्थानीयवासी बताउँछन् । त्यस्तै गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले होलेरीमा चहल–पहल बढ्ने गरे पनि यो वर्ष चहलपहल नै हुन सकेको छैन ।
जलवायु परिवर्तनका कारण पानी नपर्दा गुराँस नफुल्नुका साथै यस वर्ष काफलको उत्पादनसमेत घटेको देखिएको छ ।त्यसैगरी गढीलेख पर्यटन सम्पर्क व्यक्ति ऋषिराम श्रेष्ठका अनुसार लामो खडेरीका कारण यस वर्ष रोल्पाको रुन्टीगढी गाउँपालिकाको सखी सामुदायिक वन क्षेत्र, जसपुर सामुदायिक वन समूहको क्षेत्र र खम्वास क्षेत्रमा गुराँस नफुलेका हुन् ।