image
image

भारतीय दुतावासद्धरा स्कुल बस र एम्मबुलेन्स सहयोग 

काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामुलुक संघ-संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहार दिएको छ ।

काठमाडौँस्थित भारतीय राजदुतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामुलुक संघ-संस्थाहरुलाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो ।

यस वर्ष एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट गरी तीन किसिमका एम्बुलेन्स प्रदान गरिएको दूतावासले जनाएको छ । दूतावासका अधिकारीले यी एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्डअनुसार निर्माण गरिएको जनाए ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न र विद्यार्थीहरुको विद्यालयसम्मको पहुँचलाई सहज बनाउन भारतीय राजदूतावासले सन् १९९४ देखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहार दिँदै आएको छ । हालसम्म ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कुल बस उपहार दिइसकेको दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।