१५ दिनभित्र भूमि वितरण प्रक्रिया शुरु नगरे आन्दोलन गर्ने भूमिहीनको चेतावनी
काठमाडौँ ०९ वैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका भूमिहीनहरुले १५ दिनभित्र भूमि वितरण प्रक्रिया शुरु नगरे आन्दोलन गर्ने चन्द्रनगरका भूमिहीनको चेतावनी दिएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी पत्रमा हस्ताक्षर गरेको ६ महिना बितिसक्दा पनि कुनै प्रक्रिया शुरु नभएकाले ध्यानाकर्षण गराएका हुन् ।
भोर संस्थाको पहलमा चन्द्रनगरका सुकुम्बासीले जग्गा उपलब्ध गराउने प्रक्रिया आगामी १५ दिनभित्र शुरु नगरिए विभिन्न स्वरुपको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै उनीहरुले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिकाका १३७ जना सुकुम्बासीले सयुक्तरुपमा ज्ञापन पत्रमा भूमि सम्बन्धी समस्या समाधान आयोगको पत्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार नेपालको सम्बन्धित कानून तथा कार्यविधि अनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन भनेका छन् ।
त्यस्तै २०७७ वैशाख महिनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि सम्बन्धी समस्या समाधान आयोगले देशभरिका सबै स्थानीय तहलाई पठाएको पत्र तथा २०७७ मंसिर २४ गते भूमि सम्बन्धी समस्या समाधान आयोग र चन्द्रनगर गाउँपालिकाबीच भएको समझदारी पत्रलाई बेवास्ता गर्दै गाउँपालिकाले अहिलेसम्म प्रक्रिया शुरु नगरेको माझीले बताए ।