image
image

मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने

काठमाडौँ ०९ वैशाख । हिमाली जिल्ला मुस्ताङकोे प्रसिद्ध धार्मिक गन्तव्य मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम नेपालमा पनि बढेकाले मुक्तिनाथसहित जिल्लाका सबै मठमन्दिर, गुम्बा ११ वैशाखदेखि ३१ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश पनि कोरोना संक्रमण बढेर १७ हजार ४०६ जनामा कोरोना पोजिटिभ देखिएकाले उक्त निर्णय गरिएको हो । हिजो सांसद महेन्द्रबहादुर थकालीको उपस्थितिमा जिल्ला स्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जिसस मुस्ताङ, जिल्ला अस्पताल जोमसोम, तीनवटा सुरक्षा निकायका प्रमुख र पत्रकार लगायत उपस्थिति भएको जिल्ला सीसीएमसीको बैठकले ४ बुँदे निर्णय गरेको हो ।

    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।