कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालन हुँदै
काठमाडौँ । कृष्णपुर नगरपालिका –बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल कारखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो।
कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ। कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ।
कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ। कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ।