image
image

भीमफेदी–कुलेखानी सडक जेठ २५ गतेसम्मका लागि बन्द

काठमाडौँ १० वैशाख । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजबाट बन्द हुने भएको छ ।

स्तारोंनातिकै लागि काठमाडौँ–हेटौँडातर्फको यातायात वैशाख १० गतेदेखि जेठ २५ गतेसम्मका लागि यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ ।
 
मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार सडक बन्द हुने भएपछि आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौँडा–काठमाडौंतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुँदै काठमाडौँतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौँतर्फ प्रस्थान गरेको बताएका छन्  ।

साथै छोटो दुरीका दुवै सडक खण्डमा यातायात सेवा बन्द भएपछि हेटौँडा हुँदै काठमाडौं जाने सवारी साधनहरुलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न पनि आग्रह गरिएको छ ।
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।