image
image

यस्तो छ आज तरकारी तथा फलफूलको बजार मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज गोलभेंडाको मूल्य बढेर १४० रुपैयाँ पुगेको छ । हिजो १३५ रुपैयाँ रहेको गोलभेंडा ५ रुपैयाँले बढेको हो । 

आज हरियो लसुन भने ५० रुपैयाँले सस्तिएको छ । आज २७६ मा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपैयाँ थियो । त्यस्तै, चमसुरको साग किलोमा १०० रुपैयाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपैयाँ पुगेको छ । 

यस्तै आलु रातोको ८५, मुला रातोको ५० रुपैयाँ कायम भएको छ । यसैगरी टाटे सिमीको ८०, चिचिण्डोको ५०, लौकाको ५०, अनारको ४००, जुनारको ३०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।