image
image

सगरमाथा आरोहणमा पनि कोटा प्रणाली

काठमाडौँ १० वैशाख । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथाको आरोहणमा कोटा प्रणाली लागू गरेको छ । सगरमाथाको आरोहणलाई व्यवस्थित गर्न एकपटकमा १७० जनाभन्दा बढीले आरोहण गर्न नपाउने गरि कोटा निर्धारण गरेको छ ।

यो वर्ष सगरमाथा आरोहण गर्न ३९ समूहका ३ सय ७१ जनाले अनुमति लिएका छन् । यसमध्ये ८७ जना महिला छन् । यो सिजनमा १६ हिमाल चढ्न ७४ समूहका ६ सय ५९ जना पर्वतारोहीले स्विकृति लिएका छन् । यस आरोहण सिजनमा सरकारले रोयल्टी मात्र ४९ करोड ४२ लाख रुपैयाँ संकलन गरेको छ ।

विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न यस्तो व्यवस्था गरेको महानिर्देशक तामाङले बताए । त्यस्तै सगरमाथा आरोहण अनुमति लिएका व्यक्तिले सगरमाथा चुचुरोमा आइसफल डाक्टरले डोरी पु¥याएको मितिबाट अनुकूल मौसम हेरेर आरोहण थाल्न सक्ने व्यवस्था गरिएको छ । 

विभागले पहिलो चरणमा आरोहण अनुमतिपत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले चुचुरो जान पाउने भएका छन् । 

पहिलो चरणको समूह फर्किसकेपछि आरोहण अनुमतिपत्र नम्बर  ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोहीले चुचुरोमा जान पाउने भएका छन् । ‘सबै आरोही एकैपटक आरोहणमार्गमा लामबद्ध हुँदा हुने जाम र जोखिम कम गर्न सहयोग पुग्नेछ भएकाले कोटा प्रणाली लागू गारिएको बताए ।
   
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।