फिल्म बिहे पास फर्कियो काठमाडौँ
काठमाडौँ । फिल्म बिहे पास युनिट काठमाडौँ फर्किएको छ । एक गीत र दुई सिन छायाँकन बाँकी राखेर फिल्म युनिट काठमाडौँ पर्किएको हो । बाँकी रहेको छायाँकन काठमाडौँमा गर्ने निर्माण युनिटले जनाएको छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भुमिका रहेको फिल्मको गत चैत १३ गते विराटनगरबाट शुभ मुहूर्तसहित छायाँंकन सुरु भएको थियो ।
रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा ग्याल्जेन लामा हुन् । आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको फिल्ममा आकाश बराल र सजन काफ्लेको पटकथा छ ।
यो फिल्मबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । उनले ‘होस्टेल’बाट अभिनयमा डेब्यु गरेक थिइन् ।