राष्ट्रियसभा उपनिर्वाचनको तयारी आजबाट सूरु
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनको तयारी आजबाट सुरु भएको छ । राष्ट्रियसभा सदस्य रामबहादुर थापाले पद रिक्त भएपछि पुर्तिको लागि आयोगले उपनिर्वाचनको तयारी सुरु गरेको हो ।उपनिर्वाचनमा सहभागी हुन दलहरुले आजबाट वैशाख १४ सम्म आयोगमा गई निवेदन दिन सक्नेछन्।
‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।
‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।