image
image

दाङका छ स्थान अझै दमकल विहिन

काठमाडौँ । दाङका छ स्थानीय तह अझै दमकल विहीन् छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ । 

घोराही तथा तुलसीपुर उपमहानगरपलिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा मात्रै दमकल छन् । घोरामा दुई, तुलसीपुरमा एक, लमहीमा दुई र गढवामा एक दमकल छ । 

बबई गाउपलिकाका उपाध्यक्ष सावित्रा कार्यपलिका बैठकमा दमकल खरिदको प्रस्ताव राख्ने जानकारी दिए । बङ्गलाचुली गाउँपलिकामा पहाडी भु–भाग भएकाले दमकल ल्याउन समस्या भएको बाङ्गलाचुलीका उपाध्यक्ष यमुना घर्तीले बताइन् । उनका अनुसार गाउँपालिकाका सबैजसो भूभाग पहाडी छ, आगलागी भएको स्थानमा दमकल जान सक्ने अवस्था नै रहँदैन । 

त्यस्तै दङ्गीशरणका अध्यक्ष भागीराम चौधरीले दमकल खरिद गर्नसक्ने र यसका लागि कर्मचारीलाई तलब दिने समस्या भएको बताए।  यस्तै शान्तिनगरले दमकल खरिद गर्ने विषयमा कुरा नउठेको  गाउँपालिका उपाध्यक्ष मिथिला शाहले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।