नेपालबाट भारत निर्यात हुँदै अक्सिजन
काठमाडौँ १० वैशाख । भारतमा कोरोना संक्रमण दर तीव्र गतिमा फैलिएपछी नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । संक्रमित बढेर अक्सिजन अभाव हुन थालेपछि व्यवसायीले नेपाली बजारबाट अक्सिजन र त्यसँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए ।
देशमै कोरोना संक्रमण दर बढ्दै गईरहेकाले संघले मंगलबार आफ्ना साधारण सदस्य र आजीवन सदस्यलाई छिट्टै अक्सिजन अभाव हुन सक्ने भन्दै अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, नेबुलाइजर, हाइ फ्लो अक्सिजन क्यानुला र अक्सिजनसँग सम्बन्धित सामग्री निर्यात नगर्न सूचना जारी गरेको छ । जसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयमा समेत पठाइएको छ ।