image
image

 मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ 

काठमाडौँ । मोटरसाइकाल चोरीको आरोपमा धरानबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–८ का रोशन मास्के र धनकुटा साँगुरीगढी गाँउपालिका–८ का रवि राई रहेका छन् ।

उनीहरुलाई धरान उपमहानगरपलिका–१९ स्थित सडकबाट पार्किङ गरी राखेको १८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ ।

धरान उपमहानगरपालिका(२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा बुधबार उनीहरुलाई धरानबाट बिष्णुपादुका हुदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।