सुनको भाउ हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो ।
यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोवार भइरहेको छ ।









