image
image

स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय

काठमाडौं १० वैशाख । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ । विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनाल बताउछन्। चैत दोस्रो सातासम्म सङ्ग्रहालयमा दैनिक ३०० भन्दा बढी अवलोकनकर्ता आउँथे । अहिले भने कोरोना त्रासका कारण आगन्तुक घटेका छन्।

सङ्ग्रहालय प्रवेश गर्न मास्क अनिवार्य गरिएको छ । समितिका तर्फबाट प्रवेशढोकामा स्यानिटाइजर राखिएको उनले जानकारी गराए । सङ्ग्रहालयभित्र एकपटकमा २५ जनाभन्दा बढी अवलोकनकर्ता नपठाउने गरी व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय सङ्ग्रहालय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ भौतिक दूरी कायम गरेर सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार अवलोकनकर्तालाई प्रवेश दिइएको बताउछन् । कोरोनाका बिरामी बढ्न थालेपछि अवलोकनकर्ता पनि घट्न थालेको उनले सुनाए ।

छाउनीमै रहेको मुद्रा सङ्ग्रहालयमा पनि फाट्टफुट्टमात्र अवलोकनकर्ता आउने गरेका छन् । सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको कार्यालय प्रमुख प्रतिमा रञ्जितले राससलाई जानकारी दिए ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिअन्तर्गत चलिरहेको नारायणहिटी सङ्ग्रहालयमा पनि १० दिनअघिदेखि आन्तरिक पर्यटक घट्न थालेका छन् । समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल हाल स्वास्थ्य मापदण्ड पालना गरेर सङ्ग्रहालय र गणतन्त्र स्मारक खुला गरिएको बताउछन् ।

राजधानीका सङ्ग्रहालयमा विसं २०७६ चैत ११ गते बन्दाबन्दी जारी गरेपछिदेखि नै बाह्य पर्यटक आएका छैनन् । आन्तरिक पर्यटकका भरमा चलेका सङ्ग्रहालय नयाँ भेरियन्टसहितको कोभिड– १९ का सङ्क्रमित देशका मुख्य शहरमा बढ्न थालेपछि आन्तरिक अवलोकनकर्ता पनि घट्दै जान थालेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।