image
image
चिनियाँ कम्पनीले पायो नेपाली नोट छपाइको तीनवटै टेन्डर, चुच्चे नक्सासहितको नोट छापिने

चिनियाँ कम्पनीले पायो नेपाली नोट छपाइको तीनवटै टेन्डर, चुच्चे नक्सासहितको नोट छापिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट छपाईका लागि भनेर आव्हान गरेका पछिल्ला तीनवटै अन्तर्राष्ट्रिय टेन्डरमा एउटा चिनिायँ कम्पनीले जितेको छ। चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ले पछिल्ला तीनवटै टेन्डर हात पारेको हो।

यही कम्पनीले पछिल्लो तीन वर्षमा भएका ६ वटा नोट छपाइका टेन्डरमा चारवटा जितेको छ। राष्ट्र बैंकका अनुसार यो कम्पनीले पछिल्लो समय भने चुच्चे नक्सासहितको सय रुपैयाँको नोट छाप्ने टेन्डर पनि हात पारेको छ।

कम्पनीले ३० करोड थान सय रुपैयाँका नोट छाप्नका लागि ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर लागत प्रस्ताव गरेको छ। यही मूल्य सारभूत रुपमा प्रभावकारी भएको भन्दै स्वीकृतिको आसयको पत्र दिएको छ। सम्झौताका लागि राष्ट्र बैंकले आव्हान पनि गरेको छ।

चिनियाँ सरकारको स्वामित्वमा रहेको र चीनकै सबैभन्दा पूरानो मिन्टिङ फ्याक्ट्रीसमेत रहेको यो कम्पनीले संसारकै सबैभन्दा धेरै नोट छपाइ गर्छ। यसअघि विभिन्न समयका टेन्डरमा फरक फरक कम्पनीको हातमा टेन्डर पुगेपनि पछिल्लो समयका छ वटा टेन्डरमा यही कम्पनीले अधिकांश हात पारेको हो।नेपालले पश्चिम नेपालको लिम्पियाधुरा,लिुपलेकसहितको राजनीतिक नक्सा जारी गरेको र सोही नक्सा समावेश भएको सय रुपैयाँको नोट यही कम्पनीमा छापिने भएको छ। भारतले अहिलेसम्म स्वीकार नगरेको यो नक्सासहितको नोट छपाइले भारतीय पक्ष थप रुष्ट हुने अनुमान गरिएको छ।

यसअघि १० रुपैयाँ, २० रुपैयाँको नोट छाप्ने जिम्मा पनि यही कम्पनीले हात पारेको थियो। हजार र पचास रुपैयाँका नोट छाप्ने जिम्मा भने भारतीय कम्पनीले पाएको थियो।नेपालमै नोट छाप्ने बहस हुन थालेको दुई दशक भएपनि पछिल्लो समय छिमेकी देशका कम्पनी प्रभावी हुँदै आएका छन्।

पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित भएका छन्। यसअघि डा। चिरञ्जिवी नेपाल गभर्नर हुँदासम्म युरोपियन कम्पनीले नोट छपाइको टेन्डर जित्दै आएका थिए।

तर पछिल्लो समय भने भारतीय र चिनियाँ कम्पनीले यस्तो टेन्डर जित्दै आएका छन्। यसभन्दा पहिला फ्रेन्च, बेलायत, पोलिस कम्पनीहरूले नोट छपाइ गर्दै आएका थिए। छपाइका लागि न्यून लागत प्रस्ताव गर्ने कम्पनीले पाउँछन्। प्रतिस्पर्धामा टिक्न नसकेपछि युरोपियन कम्पनीहरू पाखा लाग्दै आएका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम वर्ष हुँदा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर भइरहेको छ। राष्ट्र बैंकले पछिल्लो समय चारवटा अन्तष्ट्रिय टेन्डर गरेको छ। ५, १०,१००,२०,५० र १००० रुपैयाँका नोट छपाइका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो।

गभर्नर अधिकारीको हस्ताक्षरमा छापिने यी नोट छपाइका लागि टेन्डर भएको हो। आगामी चैतमा पदावधि सकिने अधिकारीले यसअघि पनि नयाँ नोट छपाइको टेन्डर गरिसकेका थिए।अधिकारीले आफ्नो कार्यकालमा नोटसहित सिक्काको टेन्डर पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।