image
image

ओलीको घमण्डले लोकतन्त्र धरापमा; माधव नेपाल

काठमाडैं । नेपाल कम्युनिस्ट पार्टी एमालेका बरिष्ट नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले लोकतनत्र धरापमा परेको बताएका छन् ।

शुक्रबार जनकपुरधाम पार्टी कार्यालयको मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ओलीको दम्भले नै लोकतन्त्र धरापमा परेको बताए हुन्।

ओलीले मनपरी गरेको भन्दै नेता नेपालले व्यक्तिवाद, गुटवाद व्यवहार ओलीबाटै भएको आरोप लगाए । यसअघि हिजो राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले गुटगत राजनीति आफूलाई मान्य नहुने बताएका थिए ।

नेता नेपालले फागुण २८ को निर्णय जनताको हितमा नभएको भन्दै ओलीलाई फेरि ०७५ को जेठ ३ मा फर्कन आग्रह गरेका छन् ।

ओलीले मेरियट होटलको भेटघाटमा पदको भिक्षा मागेको आरोप लगाउँदै नेता नेपालले अयोग्य व्यक्तिलाई केन्द्रीय कमिटिको सदस्य बनाएर ओलीले मनपरि गरेको बताए ।

‘पार्टी भित्र ओली अल्पमतमा परेपछि सडकबाट मान्छे उठाएर सदस्य बनाइरहेका छन्,’ उनले भने, ‘ओलीलाई सुधार्न हामी धेरै प्रयास गरेका छौँ । तर, उनको अहंकारले सुध्रिएला जस्तो देखिन्न ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।