image
image
एकैदिन १६ करोड १६ लाखको साढे ४ हजार थान असर्फी बिक्री

एकैदिन १६ करोड १६ लाखको साढे ४ हजार थान असर्फी बिक्री

 

 काठमाडौं । धनतेरसको अवसरमा नेपाल राष्ट्र बैंकले करिब साढे ४ हजार थान सुनको सिक्का (असर्फी) बिक्री गरेको छ ।

गुणस्तरीय सुन अभावमा यसपटक मंगलबार मात्रै ४ हजार ५ सय २० थान अथवा १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरको असर्फी बिक्री गरेको राष्ट्र बैंक टक्सार विभागले जानकारी दिएको छ । २.५ ग्रामको असर्फी प्रतिथान ३६ हजार ८ सय ६५ रुपैयाँमा बिक्री गरिएको थियो ।

यस वर्ष राष्ट्र बैंकले २.५ ग्रामको मात्र असर्फी बिक्री गरेको थियो । प्रतिव्यक्ति एक थानका दरले एक दिन मात्र उक्त असर्फी बिक्री गरिएको थियो ।

कात्तिक १३ गते चाँदीका सिक्का (मेडालियन) भने १३ हजार ६ सय थानमात्र बिक्री भएको छ । राष्ट्र बैंकले चार प्रकारको सिक्का बिक्री गर्दै आएको छ । जसअनुसार लक्ष्मी अंकित मेडालियन ३ हजार ३ सय थान (५७ लाख ५७ हजार ४ सय रुपैयाँ), गणेश अंकित मेडालियन २ हजार ६ सय थान (३९ लाख ३५ हजार ५ सय रुपैयाँ), गजलक्ष्मी अंकित मेडालियन २ हजार ९ सय थान (३७ लाख ३७ हजार ८ सय रुपैयाँ), गाई अंकित मेडालियन २५ ग्रामको २ हजार ३ सय थान (६९ लाख ४ हजार रुपैयाँ) र गाई अंकित मेडालियन १० ग्रामको २ हजार ५ सय थान (२५ लाख १४ हजार ६ सय रुपैयाँ) सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।

धनतेरसलाई लक्षित गरी राष्ट्र बैंकले कात्तिक ११ देखि असर्फी र सिक्का बिक्री सुरु गरेको हो । चाँदीको सिक्का आजसाँझसम्म बिक्री गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।