image
image

मंगल ग्रहमा बन्यो अक्सिजन, सुनिशित हुने भयो मानव वस्ती 

काठमाडौँ १० वैशाख । अमेरिकी स्पेश एजेन्सी नासाको परसेभरेंस रोभरले मंगल ग्रहको वायुमण्डलमा रहेको कार्बनडाइक्साइड ग्यासलाई अक्सिजनमा बदल्न सफल भएको छ। यो सफलता सँगै अब मंगल ग्रहमा पनि मानव बस्तीको सुनिश्चित गर्न सकिने अनुमान गरिएको छ ।
 
"मार्स अक्सिजन इन सितु रिर्सोस युटिलाइजेशन एक्सपेरिमेन्ट" (Mars Oxygen In-situ Resource Utilization Experiment ) कारको ब्याट्रीको साइजको एउटा गोल्डेन बक्स हो। यसले कार्बनडाइक्साइडको मलिक्युललाई अलग गर्नका लागि इलेक्ट्रिसिटी तथा रसायन विज्ञानको प्रयोग गर्छ। कार्बनडाइक्साइड एउटा कार्बन तथा दुइवटा अक्सिजनको अणुले बनेको हुन्छ। कार्बनडाइक्साइडबाट अक्सिजन बनाउने प्रक्रियामा बाइप्रडक्टको रुपमा कार्बन मोनोक्साइड पनि उत्सर्जित हुन्छ।

यस अक्सिजन बनाउने डिभाईस  (Mars Oxygen In-situ Resource Utilization Experiment ) ले पहिलो पटक पाँच ग्राम अक्सिजन तयार गरेको छ जसले अन्तरिक्ष यात्रीलाई यति अक्सिजनले १० मिनेट सास फेर्न पुग्छ।  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।